सरकारले तराईरमधेसका बाढीपीडितलाई प्याकेजमा राहत दिने भएको छ।
सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बर्खामा बाढीले प्रभावित क्षेत्रका नागरिकलाई विशेष प्याकेज दिने निर्णय गरेको हो।
विशेष राहत प्याकेज लैजान अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। प्याकेज राहतमा के के कुरा छन् भन्ने खुलाइएको छैन।
बाढी आएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो ।
बैठकले बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ।
ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ।