राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ को सम्बन्धमा सूचना उपलब्ध गराई पाउ भनि त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिशेकराज सिंह, रविन्द्र सिंह बानियाँ र डा. तोसिमा कार्कीले निवेदन दिएका छन्।
मंगलबार उनीहरूले राष्ट्रपति विद्यादेवि भण्डारीलाई सम्बोधन गरेर पत्र बुझाएका हुन्।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ जारी गर्ने सम्बन्धमा मन्त्रिपरिषदको मिति २०७४ कात्तिक ६ गते बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस भए बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त अध्यादेश जारी भएको छ, छैन? यदि अध्यादेश जारी भएको छैन भने के कारणले आजका दिनसम्म जारी नभएको हो? अध्यादेश जारी नहुने आसयसहित राष्ट्रपति कार्यालयका कतिपय अधिकारीबाट आएको अभिव्यक्तिको आधिकारिकता के हो? र मन्त्रिपरिषदले सिफारिस गरेको जनमुखी अध्यादेश यति लामो समयसम्म जारी नगरी बिलम्ब गर्ने अधिकारी राष्ट्रपतिज्यूलाई रहेको भए सोको स्रोत केहो? अध्यादेश रोकिएको अवस्थाको परिणामस्वरूप सृजित परिस्थितिको जिम्मेवार को हुन्छ’, भनि प्रश्न गरिएको छ।
हेर्नुहोस् पत्रको विस्तृत