स्थानीय तहको निर्वाचनपछि मुलुकभर गरी १३ लाख ५५ हजार मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या १ करोड ४० लाख ७२ हजार ४ सय २४ थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ५५ हजार ५ सय १४ मतदाता थप भएका हुन्।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब कुल मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ कायम भएको निर्वाचन आयोगले जनाएको छ।
सबैभन्दा बढी मतदाता झापामा थपिएका थिए भने सबैभन्दा कम ७८६ जना थपिएका छन्।
हेर्नुहो थपिका १० जिल्लामध्ये सबैभन्दा कम कहाँ थपिए
मनाङ |
७८६ |
मुस्ताङ |
९७२ |
डोल्पा |
२०६४ |
मुगु |
२५६८ |
हुम्ला |
२८०० |
कालिकोट |
३९२२ |
म्याग्दी |
४०७४ |
जुम्ला |
४३६६ |
रसुवा |
४४६९ |
बाजुरा |
४८८५ |