पूर्वसञ्चारमन्त्री एंव एमाले नेता शेरधन राईमाथि भोजपुरमा बम प्रहार भएको छ।
भोजपुर ९ख० बाट प्रदेशसभा उम्मेद्वार राईलाई पिखुवा खोला नजिकै बम प्रहार भएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बम पड्किदा राई सामान्य घाइते भएका छन्। राई गोगनेको आमसभालाई सम्बोधन गर्न गाडीमा जाँदै थिए।
राईलाई बम कसले हान्यो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। केही दिनअघि रूकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा पूर्वअर्थमन्त्री बर्षमान पुनमाथि आक्रमण भएको थियो।