नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटक प्रधानमन्त्री भइसके पनि शेरबहादुर देउवालाई के गर्न हुने र के गर्न नहुने भन्ने थाहा नभएको बताएका छन्।
‘के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने शेरबहादुरलाई ४ पटक प्रधानमन्त्री हुँदा पनि थाहा भएन,’ बुधबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार चुनाव गराउनका लागि हो, दीर्घकालीन काम गर्न पाउँदैन।’
उनले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेर गल्ती गरेको उल्लेख गर्दै नयाँ सरकार बनेसँगै यो बदर हुने संकेत गरे।
‘म सिरियस्ली भन्दैछु, सीमाभित्र रहेर काम गर्नुस्, भोलि सबै निर्णय एकमुष्ठ बदर गर्न नपरोस्।’
ओलीले बूढीगण्डकी सनकका भरमा चिनियाँ कम्पनीबाट खोसिएको आरोप लगाए।