काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस नेता गगन थापाले पछिल्लो समय आफूमाथि मित्थ्या आरोप लागेको बताएका छन्।
एमाले नेता तथा काठमाडौं–६ का प्रदेश सभा उम्मेदवार केशव स्थापितले केही दिनअघि सरकारी अनुदान लिएर थापाले नुवाकोटमा बाख्रापालन गरेको आरोप लगाएका थिए।
सो आरोपको खण्डन गर्दै थापाले आफू त्यति कमजोर धरातलमा नउभिएकाले यस्ता आरोप लगाउनुअघि हजार पटक सोच्न आग्रह गरेका हुन्।
‘म त्यति कमजोर नैतिक धरातलमा उभिएको छैन, त्यसैले मलाई यस्ता मित्थ्या आरोप लगाउनु पहिला हजार पटक सोच्नुस्, र यस्ता आरोप पत्याउनुभन्दा पहिला लाख पटक सोच्नुस्,’ गगनले भिडियोमार्फत् भनेका छन्।
उनले चुनावको मिति नजिकिँदै जाँदा आफूविरुद्ध भ्रमपूर्ण र प्रायोजित समाचारहरु धेरै आउने उल्लेख गर्दै त्यस्ता मित्थ्या कुरा मतदाताले नपत्याउने विश्वास पनि व्यक्त गरेका छन्।
हेर्नुस् थापाको भिडियो:https://youtu.be/egNHm8s066g