प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए।
'पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन्', न्यौपानले भने, 'निर्वाचन सुरक्षाका लागि हामीले उच्च सतर्कता अपनाएका छौँ।'
कास्कीमा मात्र निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले ९३ जनालाई नियन्त्रणमा लिएको छ।
देशभर उम्मेद्वारलाई लक्षित गर्दै बम आक्रमणका घटनामा चन्दको पार्टीको संलग्नता रहेको प्रहरीले आशंका छ।
सरकारका मन्त्री समेत रहेका जनार्दन शर्मा, एमाले नेता तथा पूर्व मन्त्री शेरधन राई, पूर्व मन्त्री जनार्दन शर्मा माथि पनि आक्रमण भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सुरक्षा प्रमुखलाई गृह मन्त्रालयमा डाकेर निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रक्राउ गर्न निर्देशन दिएका थिए। उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई नियन्त्रणमा लिन समेत निर्देशन दिएका थिए।