दाङमा दुई वटा बम फेला परको छ।
तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तरगत बागमारेस्थित सडकमै राखिएका दुई वटा बम फेला परेको घटनास्थलवाट सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरका हवल्दार देव बस्नेतले जानकारी दिए।
शान्तिनगर गाउँपालिका- २ बागमारेमा दुई वटा बम फेला परेको खबर पाएलगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको छ।
दुईवटा बम राखेको दुरी भने झन्डै दुई किलो मिटर जति रहेको सशस्त्र प्रहरीका असई तारा भण्डारीले बताए।
सडकमै राखिएको बम डिस्पोजल गर्नका लागि तुलसीपुरस्थित नेपाली सेनाको १९ नं. बाहिनीबाट बम डिस्पोजल टोली आउन लागेको भण्डारीले बताए।
डिब्बामा राखेर कालो पोतेको अवस्थामा बम सडकमै छोडिएको उनले बताए।