संयुक्त राष्ट्र संघको एउटा अदालतले पूर्वबोस्नियन सर्व सैन्य कमाण्डर रात्को म्लादिचलाई नरसंहार र मानवताविरुद्धको अपराधामा दोषी ठहर गरेर आजीवन कारावासको सजाय तोकेको छ।
नेदरल्याण्डको हेगस्थित सो अदालतले उनलाई बोस्नियाको सन् १९९२–१९९५ को युद्दताका गरिएका ११ मध्ये १० अपराधमा दोषी ठहर गरेको हो।
अध्यक्ष न्यायाधीश अल्फोन्स ओरीले म्लादिचलाई इजलासमा आक्रोशित भएर जथाभावी बोलेपछि निष्काशन गरेर फैसला सुनाएका थिए।
म्लादिचलाई तीन वर्ष चलेको हिंसात्मक गृहयुद्दमा कमाण्डरको रूपमा सन् १९९५ मा स्रेव्रेनिकामा ८ हजार मुस्लिमको हत्यासहितका युद्द अपराधमा दोषी ठहर्याइएको हो।