राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि र प्रदेश सभा चुनावका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी घोषणा पत्र सार्वजनिक गरिने महामन्त्री चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।
पार्टी अध्यक्ष महन्थ ठाकुर महोत्तरीमै रहेकोले त्यहीबाट सार्वजनिक गर्न लागिएको उनले बताइन्। ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
राजपाले बहुराष्ट्रको एजेन्डालाई घोषणपत्र राखेको छ। घोषणापत्रमा नेपाल विभिन्न राष्ट्र मिलेर बनेको राज्य भएकोले यसलाई बहुराष्ट्र भन्नु पर्ने उल्लेख गरिएको स्रोतले बतायो।
घोषणापत्रमा बहुराष्ट्र राख्ने विषयमा केही नेताहरूले असहमति जनाए पनि अध्यक्ष मण्डलका ठाकुरले सो विषयमा अडान लिएको एक नेताले बताए।