आज राती १२ बजेटबाट पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मौन अवधि लागू हुने भएको छ।
मौन अवधिमा उम्मेद्वारले प्रचार प्रसार र मत माग्न पाउँदैनन्। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन गर्दै फेसबुक र भाइबरमा समेत मौन अवधिमा मत माग्न रोक लगाएको छ।
आचारसंहितामा 'एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न' प्रतिबन्ध लगाइएको हो।
आयोगले सञ्चार माध्यमहरुलाई मौन अधवि लागू नुहेन ४५ जिल्लाका समाचार प्रकाशन र प्रशारण गर्दा समेत ध्यान दिन आग्रह गरेको छ।
'समाचारजन्य सामग्रीबाट पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न आग्रह गरिन्छ', आयोगको विज्ञप्तीमा भनिएको छ।