पूर्वी पहाडी जिल्ला पाँचथरमा मतदान शुरू भएको छ । ६० वटा मतदान स्थलका एक सय ६५ स्थानमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । मतदान केन्द्रमा मतदाताको लाइन बिहानैदेखि लागेको छ ।
हिजोसम्म तुसारो परेको यहाँ आज बिहानैबाट मौसम खुलेपछि थप सहज भएको हो। पाँचथरका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव हुमागाईका अनुसार सुरक्षा अवस्था कडा पारिएकाले ढुक्क भएर मतदाताले मतदान गर्न सक्नेछन्।