म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ।
रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन्। जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन्।
म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन्। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिए पनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।