पूर्व प्रधानमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका - १ को अन्नपूर्ण मा.वि. खोप्लाङ केन्द्रमा मतदान गरेका छन्।
सर्वसाधारण मतदातासँगै लाइन बसेर उनले मतदान गरेका हुन्। गोरखा क्षेत्र नम्बर २ मा उनका प्रमुख प्रतिस्पर्धीका रूपमा संयुक्त वाम गठबन्धनले नारायणकाजी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ।
