प्रतिनिधि र प्रदेश सभाका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ। यी क्षेत्रमा चुनाव लडेका विभिन्न दलका शीर्ष तथा चर्चित नेताले पनि मतदान गरेका छन्।
पहिलो चरणको निर्वाचनमा सबैभन्दा ‘हेभीवेट’ प्रतिष्पर्धा गोरखा–२ मा हुँदैछ। कुनैबेला एउटै दलमा रहेका दुई नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यहाँ चुनावी मैदानमा छन्।
नयाँ शक्तिका संयोजक भट्टाराईलाई कांग्रेसको साथ छ भने माओवादी नेता श्रेष्ठलाई एमालेले सघाएको छ।
उनीहरूले आफ्नो मतदान केन्द्रमा मत खसालीसकेका छन्। दुबै नेताको भोट हाल्दाको गेटअप भने सधैँभन्दा भिन्न देखिन्छ।
यो पनि पढ्नुस्:श्रेष्ठले गोरखाको सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीबाट भोट खसालेका छन्। उनी ढाका टोपी लगाएर भोट हाल्न गएका छन्। टोपीसँगै उनले माला पनि पहिरिएका देखिन्छन्।
भट्टराईले पालुङटार नगरपालिका- १ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गरेका छन्। मतदान गर्दा भट्टराईले कालो चस्मा लगाएका देखिन्छन्।