बाजुरामा दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।
बुढीनन्दा नगरपालिका– ८ मा रहेको पिसक्रियटर बोर्डिङ स्कुल मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको जिल्ला प्रहरी प्रमुख हरि वलीले जानकारी दिए।
उनका अनुसार झडपमा दुई जना घाइते भएका छन्। अहिले मतदान सुचारु भइसकेको छ।