झापा सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको छ। झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका सिटौलाको घर नजिक भएको विस्फोटले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतका अनुसार गए राति करिब १२:४५ को समयमा भएको विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको छ।