सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले ट्वीटरमार्फत जनाएका छन्।
https://twitter.com/KTnepal/status/936222272943046656
यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। यसअघि पनि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो।
विस १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।