सर्लाहीको करौना गाउँपालिका २ मा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ।
मतदाता सूचीमा नामै नभएका व्यक्तिहरुलाई मतदान गराउन राजपाका कार्यकर्ता लागेको भन्दै काँग्रेसले विरोध जनाएपछि झडप भएको हो।
झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको छ।४० वर्षीया रामरथीदेवी यादव भागदौडको क्रममा सामान्य घाइते भएका छन्।