प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गरेका छन्।
देउवाले गन्यापधुराको असीग्राम माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मत हालेका हुन्।
देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका देउवाले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन्।
मत खसालेपछि समृद्ध र लोकतान्त्रिक निर्माणका लागि आफूले मतदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैलाई निर्धक्कताका साथ मतदान सहभागी हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने दाबी गरे। 'अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,' उनले भने।
प्रधानमन्त्री देउवाले प्रदेशका राजधानी चाँडै तोकिने पनि बताए। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने छन्।
देशका ४५ जिल्लामा अहिले मतदान जारी छ।
https://twitter.com/PM_Nepal/status/938646861505630208