प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मतदान सम्पन्न भएको छ। यसअघि पहिलो चरणको मतदान मंसिर १० गते भएको थियो। पहिलो चरणमा मतदान भएका स्थानमा अहिले केहिबेरमै मतगणना सुरु हुदैँछ।
निर्वाचन आयोगले मतदान सम्पन्न भएका स्थानमा मतपेटिका संकलन सुरु गरिएको जानकारी दिएको छ। तर केही स्थानमा मतदान रोकिएको छ। अर्घाखाँचीको सन्धिखर्क मथुरा मावी ‘ख’ मा मतदान रोकिएको छ।
तर मतदान नसकिएको मतगणना स्थलमा भने ५ बजेसम्ममा लाइनमा बसेकाहरुले भोट हाल्न पाउनेछन्।
आयोगले ४ बजेसम्म ५७ प्रतिशत मतदान भएको जनाएको छ। यसअघि पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो।