भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा वाम गठबन्धनले अग्रता लिएको छ।
प्रतिनिधिसभामा वाम गठबन्धनका सुदन राईले १६९८ मत ल्याएका छन्। उनलाई पछ्याउँदै कांग्रेसका उमेशजंग रायमाझीले १२५१ मत पाएका छन्।
यसैगरी, प्रदेश (१) बाट वाम गठबन्धनका राजेन्द्र राईले ८३४ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका अजम्बर राई ‘काङमाङ’ले ५४१ मत ल्याएका छन्।
प्रदेश (२)मा पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईलाई २८३० मत पाएका छन्। उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका गोविन्द कार्कीले १०३० मत ल्याएको निर्वाचन अधिकृत हरिशचन्द्र इनामले जानकारी दिएका छन्। मतगणना जारी छ।