यसअघि केन्द्रीय सांसद भएर यसपालि मुख्यमन्त्रीको दाबेदार बनेर प्रदेश सभामा उम्मेदवार बनेका राजेन्द्र पाण्डेले अग्रता फराकिलो बनाएका छन्।
प्राप्त पछिल्लो परिणाम अनुसार धादिङ १ को (क)मा पाण्डेले २४७४ मत पाएका छन्।
उनका प्रतिष्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठले १ हजार ५८ मत पाएका छन्।
धादिङका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेवार अगाडि रहेका छन्। मतगणना जारी छ।