जारी मतगणनाकाे प्रारम्भीक मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ। प्राप्त परिणामअनुसार अधिकांस ठाउँमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन अगाडि देखिएको छ। यस्तै सिन्धुपाल्चोकका दुई प्रतिनिधिसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्।
क्षेत्र नम्बर १ मा पूर्व मन्त्री तथा माओवादी नेता अग्नीप्रसाद सापकोटा ५०६४ मतका साथ अगाडि छन् भने संचार मन्त्री तथा काँग्रेस नेता मोहनबहादुर बस्नेत ३२२० मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै काँग्रेसको समर्थन पाएका क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरालाई पछि पार्दै एमालेका शेरबहादुर तामाङ अगाडि गएका छन्। तामाङले ४१७८ र राणाले ४०९४ मत ल्याएका छन्। दुबै क्षेत्रमा मतगणना भने जारी छ।