पहिलो चरणमा चुनाव भएको हिमाली जिल्ला रसुवामा कांग्रेसले सुरुआती अग्रता बढाउँदै लगेको छ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार मोहन आचार्य एमाले उम्मेदवार मोहन ढकालभन्दा १००० बढी मतले अगाडि छन्। आचार्यले २८९७ मत पाएका छन् भने ढकालले १७७१ मत ल्याएका छन्।
रसुवामा कांग्रेसलाई नयाँशक्तिको समर्थन छ भने एमालेलाई माओवादीको समर्थन छ। मतगणना जारी छ।