काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये ललितपुर–२ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले शुक्रबार बिहान दिएको जानकारी अनुसार यो क्षेत्रको ३ हजार मत गन्दा एमाले उम्मेदवार कृष्णलाल महर्जनले १४५५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र महर्जनले ९५७ मत पाएका छन्।
त्यस्तै विवेकशील साझाका उम्मेदवार अमिरराज महर्जनले ३५९ मत ल्याएका छन्।
५४ हजार भोट खसेको यो क्षेत्रको मतगणना जारी छ। प्रतिनिधि सभाको अन्तिम परिणाम आएपछि प्रदेश सभाको मतगणना गरिने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।