जारी मतगणनामा नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा विजयी खाता खोलेको छ।
५ नम्बर प्रदेशमा पर्ने रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्। उनी १०४३४ मत ल्याएर विजयी भएकी हुन्। निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालका अनुसार रोक्काले प्रतिष्पर्धी कांग्रेस उम्मदवारलाई ६ हजार मतान्तरले हराएकी हुन्। कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले ४४०६ मत ल्याए।
भुषालले अब प्रदेश सभाको मत गणना सुरट्ठ गरिने जानकारी दिएका छन्।