मंसिर १० र २१ गते चुनाव भएका ३६ क्षेत्रमा अहिले मतगणना जारी छ।
प्रतिनिधि सभातर्फ पहिलो चरणमा चुनाव भएका ३७ मध्ये मुस्ताङ र रुकुम पुर्वको अन्तिम नतिजा आइसकेको छ। मुस्ताङमा एमालेका प्रेम तुलाचन र रुकुम पूर्वमा माओवादीकी कमला रोक्का विजयी भएका छन्।
प्रदेशसभतर्फ पनि मनाङका दुई र मुस्ताङको एक क्षेत्रको अन्तिम परिणाम आएको छ। जसअनुसार कांग्रेसले १, एमाले १ र एकठाउँमा एमाले समर्थित उम्मेदवार विजयी भएका छन्।
अहिले ललितपुर २ सहित ३६ स्थानमा मतगणना जारी छ। त्यसमध्ये मनाङको मतगणना अन्तिम चरणमा पुगेको छ।
३६ मध्ये १८ क्षेत्रमा एमाले उम्मेदवार अगाडि छन्। माओवादी कन्द्रका उम्मेदवार १२ ठाउँमा अगाडि छन्। कांग्रेसका उम्मेदवार ५ ठाउँमा अगाडि छन्। कांग्रेस उम्मेदवार संखुवासभा, रसुवा, नुवाकोट– १ र बाजुरामा अगाडि देखिएका छन्।
हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।
दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा आज बिहानदेखि मतगणना गर्ने तयारी भइरहेको छ।