हिमाली जिल्ला मनाङमा पहिलो पटक नेकपा एमाले विजयी भएको छ।
प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २३०० मत पाए। पाल्देनका प्रतिष्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत ल्याए।
मनाङमा यो एमालेको पहिलो जित हो। यसअघि २०४८, २०५१ र २०५६ मा कांग्रेसले जितेको थियो भने २०६४ मा माओवादीका देव गुरुङ विजयी भएका थिए। २०७० मा टेकबहादुर गुरुङले राप्रपाका त्रिपल पी गुरुङलाई हराएका थिए।
यसपालि एउटा प्रदेशको परिणाम पनि एमालेले आफ्नो पक्षमा पारेको छ। एमाले समर्थित स्वतन्त्र उम्मेदवार दीपक मनाङे प्रदेश खमा विजयी भएका छन्। प्रदेश कमा कांग्रेसले विजय हात पारेको छ।