सोलुखुम्बुमा नेकपा माओवादी केन्द्रले आफ्ना अग्रता कायमै राखेको छ। बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार हेमकुमार राईले कांग्रेसका बलबहादुर केसीलाई १८ सय मतले पछाडि पारेका छन् ।
माओवादीका राईले ५ हजार ७ सय ५५ मत ल्याएका छन । कांग्रेसका केसीले ३हजार ९ सय ५५ मत पाएका छन् ।
सोलुको प्रदेश सभामा पनि बाम गठबन्धका उम्मेदवारले अग्रता लिएका छन्। सोलुको प्रदेश नम्बर १ मा उत्तमकुमार बस्नेत र प्रदेश नम्बर २ मा पनि एमालेकै बुद्धि कुमार राजभण्डारीले अग्रता लिएका छन्।