मतगणनाको नतिजा छिटो ल्याउन सिन्धुपाल्चोकमा दुवै प्रतिनिधि सभाको मतगणना दुई दुई ठाँउमा शुरु गरीएको छ । यसअघि दुवै सभाको मतगणना एक/एक ठाँउमा मात्रै गरीदैं आएको थियो ।
बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्यको मतगणना २४ देखि ३० घण्टाभित्र सक्ने गरी बिहीबार पाँच बजेबाट मतगणना थालेको थियो । दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको एक/एक स्थानबाट मतगणना हुँदै आएकोमा अहिले एक/एक गणनास्थल थपिएको हो ।
‘मतगणना तीव्र भए पनि निर्धारित समयभित्र अन्तिम नतिजा सार्वजनिक गर्न मुश्किल देखिएकाले गणनास्थल बढाइएको हो,’ मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने । जिल्लामा १ लाख ५६ हजार ७ सय ४६ मत खसेको छ । निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार ७ सय ४९ र क्षेत्र नं. २ मा ७७ हजार ९ सय ९७ मत खसेको छ।
सिन्धुपाल्चोकको अहिलेसम्मको मतगणनाको प्रारम्भीक नतीजा यस्तो छः
सिन्धुपाल्चोक प्रतिनिधि सभा १
नेपाली काँग्रेस: ११०८३
माओवादी केन्द्र: १४०५४
कुल गनीएको: ८१५१
बदर:१९५७
सिन्धुपाल्चोक प्रतिनिधि सभा २नेकपा एमाले: १३२३२
राप्रपा प्रजातान्त्रिक: १२२२५
कुल गनीएको: २८६१६
बदर: २२२२