गुल्मीको क्षेत्र नम्बर १ मा एमाले नेता प्रदिप ज्ञावलीले अग्रता कायम राखेका छन्। उनको मत १ हजार ५ सय ५९ छ। १ हजार १ सय ३ मत ल्याएर कांग्रेसका चन्द्र भण्डारीले उनलाई पछ्याइरहेका छन्। ०२७० सालको संविधानसभा चुनावमा भण्डारीले ज्ञावलीलाई पराजित गरेका थिए।
गुल्मीको क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन्। उनले दोब्बर भन्दा बढी मतले कांग्रेस उम्मेदवार चन्द्र बहादुर केसीलाई पछि पारेका हुन्।
एमाले नेता विष्टले यहाँ १ हजार ६ सय ३९ मत ल्याएका छन्। कांग्रेसका केसीको मत ७ सय ३८ मत छ।