काठमाडौँ जिल्लाको क्षेत्र नम्बर ५ मा दिउँसो १२ बजे देखि मतगणना अवरुद्ध भएको छ।
बुढानिलकण्ठका दुई मतदान केन्द्रमा मुचुल्का भएको मत भन्दा खसेको मत कमी देखिएपछि मतगणना अवरुद्ध भएको हो। मतदान अधिकृतले मुचुल्का गरेको र जम्मा खसेको मत संख्या फरक परेपछि कांग्रेसका प्रतिनिधिहरुले मतगणना अवरुद्ध गरेको निर्वाचन अधिकृत चाणकमणि अर्यालले जानकारी दिएका छन्।
'बुढानिलकण्ठका दुई मतदान केन्द्रका अधिकृतले दिएको संख्या र यहाँ बुथमा खसेको संख्यामा १२ मतले फरक परेपछी कांग्रेसका प्रतिनिधिहरुले मत गणना गर्न दिनुभएको छैन,' उनले भने, 'यो खासमा मानवीय त्रुटी हो। यसैमा ६ घण्टा देखि मतगणना अवरुद्ध छ।'