संसदीय निर्वाचनमा पहिलोपटक भाग लिएको नयाँ दल विवेकशीलसाझा पार्टी चारवटा क्षेत्रमा तेस्रो स्थानमा आएको छ।
काठमाडौँ क्षेत्र नम्बर २ मा सुर्यराज आचार्य र क्षेत्र नम्बर ५ का उज्ज्वल थापा, ललितपुर २मा अमिरराज महर्जन र बैतडीमा नारायण दत्त अवस्थी चौँथो स्थानमा छन्।
आचार्यले १ हजार ९ सय, थापाले १ सय ८३, महर्जनले ३ हजार १ सय, र अवस्थीले २ सय १८ मत ल्याएर चौँथो स्थान कायम गरेका हुन्।
काठमाडौँ क्षेत्र नम्बर १ का विवेकशील- साझा उम्मेदवार रविन्द्र मिश्र भने ४ हजार ५८ मत ल्याएर दोस्रो स्थानमा छन्।