काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडि परे पनि पछि लय सम्हालेका गगनले १५ हजार ६ सय ८८ मत प्राप्त गरि अगाडि बढेका छन्। यस्तै एमालेका राजन भट्टराईले १४८४८ मत ल्याएका छन्।
थापा नेकपा एमालेका राजन भट्टराईभन्दा ८ सय ४० मतले अगाडि छन्।
जारी मतगणनामा कसको कति मत ?
गगन थापा (कांग्रेस) : १५६८८
राजन भट्टराई (एमाले) : १४८४८
सुबुना बस्नेत (विवेकशील साझा) : १७०३