ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार कृष्णलाल महर्जन विजयी भएका छन्।
निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार महर्जनले कांग्रेस उम्मेद्वारलाई करिब ११ हजार मतान्तरले हराउँदै विजयी भए। उनले २७ हजार ७ सय १३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्।