धादिङ जिल्लामा जारी मतगणना सम्पन्न भएको छ। जिल्लाको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
वाम उम्मेदवारहरुले तेस्रो पटक धादिङ जिल्लाको सबै क्षेत्रमा विजयको झण्डा फहराएका हुन्। यसअघि २०६४ को संविधान सभामा तत्कालिन माओवादीले जिल्लाको ३ वटै क्षेत्रमा जितेको थियो भने २०७० मा नेकपा एमालेले ३ क्षेत्रमा जित हासिल गरेको थियो।
यस पटक वामगठन्धनको तर्फबाट उम्मेदवार भएकाहरू २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा विजयी भएका छन्।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभाका लागि भएको निर्वाचनको मतपरिणाम घोषणा हुँदा वामगठवन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी भएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वामगठवन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष भूमिप्रसाद त्रिपाठी विजयी भएका थिए। त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याउका थिए भनर् उनका निकटतम् प्रतिद्धन्दीमा नेपाली कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए।
त्रिपाठीले प्रतिष्पर्धिले भन्दा २७ हजार १ सय ५३ बढी मत ल्याएर विजयी भएका हुन्।
निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सदस्यको उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य खेमप्रसाद लोहनीले ३६२५४ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्धन्दीमा नेपाली कांग्रेसका दिलमान पाख्रिनले ३५६१४ मत पाए।