दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार पार्वत गुरुङ ३० हजार १५३ मतान्तरले विजयी भएका छन्।
गुरुङले ५५ हजार ९ सय ५४ मत पाएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन्।
दोलखामा खसेको मतमध्ये ८२ हजार ४ सय ३८ मत सदर भएको थियो।
गुरुङ यो चुनावमा अहिलेस्म सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार भएका हुन्।