रौतहटका चार क्षेत्रमा कांग्रेसले दुई क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ।
रौतहट क्षेत्र नम्बर २ मा र ४ मा कांग्रेस उम्मेदवार अफताब आलम क्षेत्र नम्बर–२मा ९ हजार २ सय ४४ मत ल्याएर सबैभन्दा अगाडि छन्।
उनलाई पच्छाइरहेका संघीय समाजवादी फोरमका किरण साहले ७ हजार ५ सय ८७ मत ल्याएका छन्। गठबन्धनका एमाले उम्मेदवार मुस्ताक आलमले ५ हजार ९ सय ६३ मत ल्याएका छन्।
क्षेत्र नम्बर ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले ६ हजार ३५ मत पाएका छन्। उनलाई पच्छाइरहेका बाम गठबन्धनका एमाले उम्मेदवार वंशिधर मिश्रले ५ हजार १ सय ७६ मत ल्याएका छन्। मतगणना जारी छ।