मनाङमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
प्रतिनिधिसभामा पराजित भएको मनाङमा कांग्रेसले १९ सय ४६ मत ल्याएको छ भने प्रदेशतर्फ १९०० प्राप्त गरेको छ। त्यस्तै माओवादीले १४३० मत प्रतिनिधितर्फ प्राप्त गर्दा एमालेले प्रतिनिधिमा ५२३ र प्रदेशमा ५०८ मत ल्याएको छ।
प्रत्यक्षतर्फ मनाङमा कांग्रेस उम्मेदार टेकबहादुर गुरुङ पराजित भएका थिए। उनलाई एमालेका पाल्देन छेपाङ गुरुङले पराजित गरेका थिए। प्रेदशमा १ सिटमा कांग्रेसले जित हात पारेको थियो भने अर्कोमा दीपक मनाङे विजयी भएका थिए।