कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको टिप्पणी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सिंहले जनताको अपेक्षाअनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नचलेका कारण पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको
प्रतिक्रिया दिएका हुन्।
काठमाडौं क्षेत्र नम्बर–१ बाट तेस्रो पटक पनि विजयी भएका सिंहले आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी नेतृत्वलाई पार्टी सही ढंगले चलाएको लाग्ने गरे पनि जनताले त्यसलाई सच्याउन निर्वाचनमार्फत् आदेश दिएको पनि उल्लेख गरे।
सिंहले पार्टीको मुद्दाको भने विजयी भएको दाबी गरे। उनले शान्ति ल्याउने र संविधान जारी गर्ने पार्टीको मुद्दा सफल भएकै कारण आफू निर्वाचनमा विजयी भएको पनि बताए।
नेता सिंहले का्रग्रेसलाई विधिसम्मत ढंगले अघि बढाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे।