तपाईँले जित्नुभयो, के भन्नुहुन्छ?नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि जीवनमा जे सम्वृद्धि खोजेका छन् त्यो दिशामा जानलाई एउटा वैकल्पिक शक्ति आवश्यक छ भन्ने कुरालाई सानो रूपमा भएपनि अनुमोदन गरेर अवसर दिनु भयो भन्ने अर्थमा बुझेको छु।
तपाईँलाई गठबन्धनले गोरखाभन्दा बाहिरबाट लड भनेको थियो है? तपाईँ गोरखा छोडेर जाने ठाउँ थिएन?कोही तपाईँको घरमा आएर कसैले यो घर छोडिदे। तलाईँलाई सडकमा पाल टाँगिदिन्छु भन्दा जानुहुन्छ र? त्यो त मेराविरुद्धमा उहाँहरुले गरेको षडयन्त्र थियो। त्यसलाई गोरखाका जनताले असफल बनाइदिएका छन्।
पार्टीबाट तपाईँले एक्लै जित्नुभयो नि?म एक्लै छैन, मसँग विचार छ। हामी राष्ट्रिय पार्टी बन्ने प्रयत्न गरिरहेका छौं। प्रदेश ३ र ४ मा केही साथीले जित्नुभएको छ। हामी अझै राष्ट्रिय पार्टी बन्ने प्रयासमा छौं।
राष्ट्रिय विकल्प बन्ने हाम्रो प्रयत्न हुन्छ।
गोरखामा चुनाव लड्न नदिएपछि तपाईँले वाम गठबन्धनले छोड्नु भयो? तर जित्यो नि?अहिले हाम्रा साथीहरुले गठबन्धन बनाएर चुनाव जित्नु भएको छ। नयाँ विकल्प नपाएसम्म पुरानामध्ये कसैलाई रोज्नुपर्ने भएकाले यो जनताको बाध्यता हो। र लामो सयमसम्मको थकाइको अभिव्यक्ति हो।
मेरो शुभकामना छ। तर मेरो भनाइ के छ भने पुराना कम्युनिष्ट शक्ति रुपान्तरित भएर अघि बढ्नु पर्छ।
असोज १७ गते गठबन्धनमा जाँदा पनि पुरानै पार्टीको निरन्तरता र त्यसैको जोडघटाउमा म सहभागी भएको थिइनँ। आन्दोलनलाई नयाँ ढंगले समाजवादी अभियानमा लैजानुपर्छ भन्ने मेरो मान्यता थियो।
त्यसमा उहाँहरु सहभागी नभएपछि हामी साथ रहन सकेनौं।
त्यसैले म साथीहरुसँग मिलेर नयाँ शक्ति बनाउने बाटोमा अघि बढिरहेको छु।
अन्त्यमा तपाईँ वाम गठबन्धनमा फर्कने सम्भावना कत्तिको छ?छैन। कत्ति पनि सम्भावना छैन। मुद्दामा सहकार्य त सबैसँग हुन सक्छ। जनता शान्ति, सुशासन र समृद्धि चाहन्छन्। मेरो मिसने नेपालमा सामाजिक लोकतान्त्रिक शक्ति निमार्ण गर्ने र देशलाई समृद्धिमा लैजाने हो। म त्यसैमा लागिरहने छु।