रौतहट–१ मा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डलका अनिल झाको जित सुनिश्चित भएको छ।
६ हजार ५ सय मत गन्न बाँकी छँदा झाले ५ हजार ६ सय ५६ मतले अग्रता लिएका छन्।
अहिलेसम्म झाले १९ हजार ९ सय ७३ मत ल्याएका छन्। दोश्रोमा रहेका कांग्रेसका कृष्णप्रसाद यादवले १४ हजार ३ सय १७ मत ल्याएका छन्।
अब गणना हुन बाँकी मतमा पनि राजपाकै बढी रहेकोले आफूले धेरै मतान्तरले निर्वाचन जित्ने झाले सेतोपाटीलाई बताए ।