गुल्मी १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली सात हजार बढी मतले अग्रता लिएका छन्।
करिब ४५ हजार मतगणना भइसक्दा ज्ञवालीले २२ हजार ४ सय ५४ मत पाएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीले १४ हजार ९ सय ४७ मत पाएका छन्।
अब २५ हजार मत गन्न बाँकी छ।
गन्न बाँकी मत दुबै उम्मेदवारलाई बराबर बाँडिने भएकाले आफ्नो जीत सुनिश्चित भएको ज्ञवालीले बताए।