मुस्ताङ जिल्लाको समानुपातिकतर्फको मतपरिणाम पनि सार्वजनिक भएको छ।
शनिबार साँझ सकिएको मतगणना अनुसार प्रतिनिधि सभाका लागि त्यहाँबाट एमालेलाई ३२९४ मत आएको छ भने कांग्रेसले २८९६ मत ल्याएको छ। मुस्ताङ राप्रपाले १७० मत पाएको छ भने माओवादी केन्द्रले १२९ मत ल्याएको छ।
प्रदेशसभामा पनि एमालेलाई नै बढी मत आएको छ। एमालेलाई ३१३५ मत आएको छ भने कांग्रेसलाई २७०३ मत आएको छ।
प्रत्यक्षतर्फ मुस्ताङमा प्रतिनिधि र प्रदेशसभाका दुबै क्षेत्रमा जीत हात पारेको थियो।