प्रतिनिधि सभाका १६५ मध्ये ५० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। स्याङ्जाका २ अर्घाखाँचीको १ बाहेक१ सय १२ क्षेत्रमा मतगणना जारी छ। तीमध्ये अधिकांशमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् भने १८ क्षेत्रमा मात्र कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।
कांग्रेसले अहिलेसम्म छ स्थान जितेको छ भने वाम गठबन्धनका उम्मेदवार ४१ स्थानमा विजयी भएका छन्।
यी हुन् कांग्रेस उम्मेदवारले अग्रता लिएका क्षेत्र
१. डडेलधुराः शेरबहादुर देउवा
२. उदयपुर १ः नारायण खड्का
३. सुनसरी २ः सिताराम मेहता
४. सुनसरी ४ः ज्ञानेन्द्रबहादुर कार्की
५. पर्सा २ः अजयकुमार चौरसिया
६. पर्सा ३ः सुरेन्द्रप्रसाद चौधरी
७. बारा १ः उमाकान्त चौधरी
८. रौतहट २ः मोहम्मद अफताब आलम
९. रौतहट ४ः देवप्रसाद तिमिल्सिना
१०. सप्तरी ४ः तेजुलाल चौधरी
११. सर्लाही ४ः अमरेशकुमार सिंह
१२. सिरहा १ः प्रदिप गिरि
१३. नवलपरासी पूर्व १ः शशांक कोइराला
१४. नवलपारासी पूर्व २ः विष्णुकुमार कार्की
१५. कपिलवस्तु ३ः अभिषेकप्रताप शाह
१६. नवलपरासी पश्चिम २ः देवेन्द्रराज कँडेल
१७. रुपन्देही ४ः प्रमोदकुमार यादव
१८. रुपन्देही ५ः भरतकुमार शाह