ललितपुरका तीनैवटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
लामो समयदेखि ‘लाल किल्ला’ का रूपमा चिनिने ललितपुरमा यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने कम्युनिस्ट पार्टीले एक सिट पनि जित्न सकेको थिएन। यसपालि फेरि कम्युनिस्ट पार्टीले आफ्नो वर्चश्व फर्काएको हो।
ललितपुर– १ मा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन्। उनले २६९५१ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर राणाले २०७२९ मत ल्याएका छन्।
ललितपुर– २ मा एमालेकै कृष्णलाल महर्जन २७७१३ मत ल्याएर विजयी भएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६९४५ मत ल्याए।
ललितपुर– मा माओवादी केन्द्रका पम्फा भुषाल २४०३७ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदनबहादुर अमात्यको २२३२९ मत छ।
२०१५ सालको पहिलो आमनिर्वाचनदेखि नै ललितपुरमा वाम वर्चश्व रहँदै आएको छ। २०१५ सालमा तुलसीलाल अमात्य ललितपुरबाट विजयी भएका थिए। त्यसयता २०७० सालबाहेक सबै संसदीय निर्वाचनमा यहाँ कम्युनिस्ट पार्टी नै विजयी रहँदै आएको छ।