प्रत्यक्षतर्फ नतिजा आएका निर्वाचन क्षेत्रको समानुपातिक मत गणना पनि सुरु भएको छ। मध्यरात साढे १ बजेसम्म १ लाख ६७ हजार ५ सय ३३ मतगणना भएको छ।
अहिलेसम्म समानुपातिकतर्फ पनि एमालेले नै अग्रता लिएको छ। एमालेले ६६ हजार ९ सय ५५ मत ल्याएको छ। नेपाली कांग्रेसले ६२ हजार २ सय ७ मत ल्याएको छ। माओवादी केन्द्रले २५ हजार ३ सय ३७ मत पाएको छ।
अहिलेसम्मको मतगणनामा नयाँ शक्ति नेपाल चौथो स्थानमा छ। उसले ५ हजार २ सय ७ मत पाएको छ। राष्ट्रिय जनता पार्टी नेपालले २ हजार १ सय ८७ मत पाएको छ।
राप्रपाले २ हजार ७९, विवेकशील साझा पार्टीले ८सय १२, राप्रपा प्रजातान्त्रिकको ३ सय ९८ र संघीय समाजवादी फोरमको ४सय ४ मत छ। कुन जिल्लाबाट गणना सुरु गरिएको भन्ने आयोगले खुलाएको छैन ।