मकवानपुर–१ मा राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए।
२०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेका थापा देउवा सरकारमा उपप्रधान तथा उर्जा मन्त्री छन्।