प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन्।
देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराएका हुन्।
निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले २१११५ मत ल्याए।